Wednesday, March 10, 2010

डेस्कटप चुम्बन

साइवरमा लपक्क टाँसिनछन् मान्छेहरु । मान्छेहरुले रकेट जस्तो उत्साह बोकेर कोहीले याहु, कोहीले हटमेल र जीमेल हेर्दै भुगोलसँग तालमेल मिलाउँदै विश्व परिक्रमा गर्छन् । २१औं शताब्दीमा मान्छेहरुले टेलिभिजन, कम्प्युटर अथवा ल्यापटप एकदिन हेर्न पाएनन् भने त पुरुषले कि स्वास्नी कुट्छन् कि पुङवाङे गफ टाङ फारेर चुट्छन् । नारीहरुले त एकदिन हिन्दी सिरियल हेर्न पाएनन् भने श्रीमानलाई गिद्धी गर्दछन् । नारीहरु केही शीपकला अनि गला तिर्खानु भन्दा पनि भारतीय शिरियल हेर्दै टि.भी. अगाडि ताली पिट्दै बस्छन् । सासु-बुहारीको झगडा चल्छ घरमा । नेपालमा एउटा घरमा मात्र होइन बिजुली र केबल पुग्ने ठाउँमा त मेन्जो मेन्जो सबैले टि.भी. हेर्छन् । उन्नती र प्रगतीले कता कोल्टे फेर्दै छ, देश कता कुद्दैछ, कुन नेताले कता भ्रमण तय गर्दैछ, त्यो जनताहरुलाई थाहा छैन तर शिरियलको तिरदेखि सिरसम्म पूरै कण्ठस्त गरेका हुन्छन् ।

नेपालदेखि कतारसम्म.....

नेपाल..... बिश्व मानचित्रमा रहेको एउटा सानो देश भए पनि बिभिन्न धार्मिकस्थल तथा बिश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, जहाँ हरेक जात, जाति, भाषा, भाषीको आफ्नाआफ्नै संस्कृति भएको ठाँउ, त्यो हो देश नेपाल । वर्तमान परिस्थितीलाई हेर्ने हो भने देशको राजनैतिक अस्तव्यस्तथाले गर्दा, यहाँको नागरिकले सुखको श्वास अहिलेसम्म पनि फेर्न पाएका छैनन् । नेपालमा भएका द्वन्द्वकालिन समयमा देशका युवाहरु धेरै नै विदेश पलायन भए । गाउँवाट धेरै बिस्तापित भई शहर पसे । जहाँ कति गाह्रो हुन्छ जीवन यापन गर्न । त्यो दिन म आज पनि सम्झन्छु, पढाईकै क्रममा केही मित्रहरु काठमाण्डौं गएका थिए । मलाई काठमाण्डौंको वारेमा धेरै कुराहरु भन्थे ।