साइवरमा लपक्क टाँसिनछन् मान्छेहरु । मान्छेहरुले रकेट जस्तो उत्साह बोकेर कोहीले याहु, कोहीले हटमेल र जीमेल हेर्दै भुगोलसँग तालमेल मिलाउँदै विश्व परिक्रमा गर्छन् । २१औं शताब्दीमा मान्छेहरुले टेलिभिजन, कम्प्युटर अथवा ल्यापटप एकदिन हेर्न पाएनन् भने त पुरुषले कि स्वास्नी कुट्छन् कि पुङवाङे गफ टाङ फारेर चुट्छन् । नारीहरुले त एकदिन हिन्दी सिरियल हेर्न पाएनन् भने श्रीमानलाई गिद्धी गर्दछन् । नारीहरु केही शीपकला अनि गला तिर्खानु भन्दा पनि भारतीय शिरियल हेर्दै टि.भी. अगाडि ताली पिट्दै बस्छन् । सासु-बुहारीको झगडा चल्छ घरमा । नेपालमा एउटा घरमा मात्र होइन बिजुली र केबल पुग्ने ठाउँमा त मेन्जो मेन्जो सबैले टि.भी. हेर्छन् । उन्नती र प्रगतीले कता कोल्टे फेर्दै छ, देश कता कुद्दैछ, कुन नेताले कता भ्रमण तय गर्दैछ, त्यो जनताहरुलाई थाहा छैन तर शिरियलको तिरदेखि सिरसम्म पूरै कण्ठस्त गरेका हुन्छन् ।
यी कुराहरुलाई मध्यनगर दिँदै बढ्दो साइवर र इन्टरनेटको लोकप्रियता देखेर मैले पनि साइवर खोले । मान्छे आउने जाने क्रम बढ्दै गयो केही समाचार अपडेट गर्न आउँथे कोही जिन्दगीको निलो संसारमा इन्टरनेटको आनन्द लुटेर जान्थे । मलाई पनि पैसा कमाउनु थियो । काम र दामका लागि टेनसन थिएन । एक दिन साँझको पाँच बजेको थियो क्यारे !
"दाई साइवर खाली छ" भन्दै अपरिचित साथी आइन् "साइवर त खाली छ बुनु" मैले भने उनले मलाई पुलुक्क हेरिन् । मैले उनलाई कहाँ देखे जस्तो लाग्यो तर ठ्याकै ठम्याउन सकिन् । शीरदेखि पैतालासम्म हेरें । मान्छे त साँच्चै बुलेट रहिछिन् । आजकाल ठिटाहरु बान्की परेकी सुन्दरीहरुलाई बुलेट भन्न मनपराउँछन् । आज त मैले पनि बुलेट भन्दिए । विवाह नगरेपछि त बुलेटमाल देखेपछि दिलमा हलचल हुने नै भयो । उनले पनि मलाई तीन ठुन्का भाँचिएर मुसुक्क हेरिन् म पनि के कम सुटुक्क आखाँ झिम्काएर हाँसे । मलाई कताकता आनन्दको आभाष भयो । उनको आखाँ छलेर निरन्तर हेर्न मन लाग्यो । बुढेसकालसम्म नछुएको झटकाले मलाई छुएकोमा म आफैसँग तीन छक्क परें । यो झट्का बडो रमाइलो हुँदो रहेछ भन्ने बोध गरे ।
प्रेम गर्नेहरु सधै लपक्क टाँसिएर बसेको देख्दा झन्का छुटेर आउथ्यो । आज त मलाई पनि त्यसरी नै टाँसिन मन लाग्यो । हेर्दै यस्तो अनुभूति हुँदो रहेछ झन छुँदा कस्तो हुन्छ होला भन्ने सोचाइले मलाई छोइरह्यो । उछृङ्खल भावनाको लहर बोकेर मनको सहरतीर हेरिरहें । उनी क्यावीनमा बसेर ठूलो-ठूलो स्वरमा गफ चुट्न थालीन् । म चै चियो, चर्चामा दङ्ग पर्न थाले । भावनाका आधीवेरीले छुइरह्यो । कता-कता मनको लड्डु खाँदै बेग्लै संसारमा हराएँछु ।
दाइ पैसा कति भयो भन्दा म झसङ्ग भएर - "ए बुनुको पैसा दुइ घण्टाको साठी दिनु न ल ।"
"हुन्छ दाइ" भनेर बाहिर गइन् ।
आउने जानेक्रम झागीन्दै गयो । उनको तस्विर मनमा टाँगिन्दै गयो । पाँच बजेपछि उनको बेलुकी आगमन हुन्थ्यो । सदा झैं साइवरमा बसिनन् र नेटको आनन्द लुट थिइन् ।
दाजु !ए दाजु "हेन होस न"
यो हेडसेटले काम दिएन , भनेर छेउमा बोलाउ थिइन मलाई मिठो मिठो आभाष हुन्थियो । मलाई उनीसँगै लपकक टाँसिएर बस्न मन लाग थियो । तर कुरा कट्ने मान्छेको डरले सदा आफु बस्ने क्याविनमा आए । उनले फेरी बोलाइन भने, म छुएर आँउछु भन्ने जोस जाग्यो तर बोलाउदै बोलाइनन् उनले ।
साँझको परी जस्तै पाँचबजे देखि सातबजेसम्म झण्डी राखथिइन् ।
मान्छे उनी अचम्म की थिइन् ।
एकदिन मलाई प्रश्न सोध्न मनलाग्यो ।
बुनु तपाई पत्रकार हो -
हाँस्दै जवाफ दिइन पत्रकार चै होइन्न दिलको पत्रकार चै पक्कै हो ।
दिलको पत्रकार पनि हुनछन् र भन्या !
अरे दाई किन हुदैनन् -
ल तपाईलाई थाहा छैन - साँचै छैन बुनु
आज त चाल पाउनु भयो नी होइन र - हो नी
उनको प्रत्येक कृयाकलाप हर्ेनलाई, मैले ऐना उनको टक्क बस्ने क्यानीनको देब्रो पट्टि राख्ने चाजोपाजो मिलाएँ । उनी सदा झै मस्किन्दै आइन र बसिन् । उनको कृयाकलाप मैले हेनै थियो ।
सदा झै उनले याहु मेल खोलीन् ।
अनी उनको याहुको आइ.डी. सुस्तरी अनलाइनमा देखा पर्यो । वेभक्याम उनले लगतै खोलीन् , एउटा आर्कषक केटा फेला प)यो । उनीहरुको वात एक अर्कामा चकर्ीर्दै गयो । गफगफ गदागर्दै केटाले शरीरको लुगा खोल्यो ।
केटाको चौडा छाती आकर्ष देखियो । उनले बोलदा बोल्दै some more some more भन्दै मस्त रहिन् । त्यो केटाले सुस्तरी शरीरको कपडा खोल्यो र नग्ग स्थितिमा पुग्यो । बालापनको झझल्लको केटासाथीले दिलाए । बुनुको आवाज फेरीन्दै गयो केटाको web cam स्किन भरी बनाएर चुम्न थालीन् । त्यो मान्छेले खै के भन्यो कुन्नी उनले पनि आफ्नो शरीर माथीको भाग सुस्तरी उभो शारीन । आफ्नो पोटीलो सिखरहर घर्षण गर्न थालिन् । उनको कृयाकलाप उतेजित बन्दै गयो मलाई सोको बैग्लै आनन्द लुटिरहेको थिए । गर्ने भन्दा पनि हेनलाई साचै आनन्द आँउदो रहेछ ।
बेग्लै अनुभूति हुदै थियो ।
तर आकस्मिक हाच्याउ आउँदा उनले झस्किएर माथी सुकेको लुगा तल तानीन् लजाउँदै मलाई
पुलुक्क हेरीनन् ।
"दाई माइन नगर्नु होला "
मैले केही नदेखेझै किन र बुनु भने -
"दाई श्रीमानसँग छुटिएर बस्नु पनि गाह्रो हुँदो रहेछ "।
ऐ तपाईले विवाह पनि गर्नु भएको छ बुनु -
छ नि दाइ, नानीहरु त छन् ।
ए हो !अनि कती वर्षभयो श्रीमान बाहिर जानु भएको -
सात वर्षभयो दाई
घरमा बुबा आमा रोगी हुनुहुन्छ,
नानीहरु बोडिङ्ग पढ्र्दै छन्
महंगी छ जताततै आज भोली
भनेको बेला कतारमा मालिकले बिदा पनि दिदो रहेनछ दाई आमा बुबा बिरामी पर्दा हेन पनि आउँन पाउँदैनन् छोराहरु बोलाउँदा पनि पैसाको मुख हेन पनि पाइदैन दाई के गर्नु बरु साइवर बस्यो, हेर्यो चितबुझायो दाई !
बुनु प्रतिक्षा र परिश्रमको फल मिठो हुन्छ भन्छन्
मिठो त दाई हुन्छ होला - भनेर बाहिर लागिन्
म चै computer को स्कीन हेर्न गएँ ! अलिक कति र्स्र्कीन बाँगिएको थियो ।
जितेन मुस्कान
jeetan _muskan@ yahoo.com
No comments:
Post a Comment