Thursday, June 28, 2012

बेरोजगार बन्दै पोर्नस्टारहरू

पश्चिमी मुलुकमा पोर्न स्टार अहिले निकै कठिन स्थितिमा छन् । उनीहरुसँग काम छैन, आम्दानी घट्दो छ । यसको मुख्य कारण हो, इन्टरनेटले खास खर्चबिनै पोर्न फिल्म घरघर पुराउनु । त्यसैले डीभीडी बेचेर जुन कमाई हुन्थ्यो त्यो यस उद्योगको हातबाट फत्केको छ । इन्टरनेट र युट्युबजस्ता वेभसाइटका कारण फिल्महरु सजिलै डाउनलोड हुन थालेपछि पोर्न स्टार्सहरुले बनाएका डीभीडीको विक्री करिबकरिब अन्त्य भएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टाँमी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगनमा उनी विकाउ छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै हो ।