Thursday, June 28, 2012

बेरोजगार बन्दै पोर्नस्टारहरू

पश्चिमी मुलुकमा पोर्न स्टार अहिले निकै कठिन स्थितिमा छन् । उनीहरुसँग काम छैन, आम्दानी घट्दो छ । यसको मुख्य कारण हो, इन्टरनेटले खास खर्चबिनै पोर्न फिल्म घरघर पुराउनु । त्यसैले डीभीडी बेचेर जुन कमाई हुन्थ्यो त्यो यस उद्योगको हातबाट फत्केको छ । इन्टरनेट र युट्युबजस्ता वेभसाइटका कारण फिल्महरु सजिलै डाउनलोड हुन थालेपछि पोर्न स्टार्सहरुले बनाएका डीभीडीको विक्री करिबकरिब अन्त्य भएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टाँमी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगनमा उनी विकाउ छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै हो ।
निलो चलचित्र हेर्ने करोडौ दर्शकलाई पुरुष अभिनेताको जीवन रंगिन लाग्न सक्छ । किनभने कुनै सुन्दर महिलाका साथ सातामा पाँचदेखि ५ पटकसम्म सेक्स गर्नका लागि उनीहरुलाई पैसा प्राप्त हुने गर्दछ । तर, उनीहरुले हरेक सीनका लागि १५० अमेरिकी डलर मात्र प्राप्त गर्दछन् । जुन अमेरिकी जीवनस्तरको तुलनामा आम वेनत मानिन्छ । पुरुष पोर्न अभिनेताको तुलनामा महिलालाई बढी पैसा प्राप्त हुन्छ । उनीहरुलाई एक सीनका लागि ६ सयदेखि ८ सय अमेरिकी डलरसम्म प्राप्त हुने गर्दछ ।
आजभन्दा १५ वर्षअघि पोर्न फिल्म उद्योग निकै ठुलो थियो । त्यतिबेला पोर्न फिल्म बनाउने कम्पनीले कुस्त पैसा कमाएका थिए । यसलाई मुलधारको उद्योगका रुपका स्वीकार गर्नसमेत दबाव बढेको थियो । त्यतिबेलाका पोर्न फिल्मका सबैभन्दा ठुला स्टार जाँन डाँग थिए । उनी यति ठुला स्टार थिए कि विविड भिडियो नामको कम्पनीले आफूसँग मात्र काम गर्न करार गराएको थियो । तर, जान डाँगले आठ वर्षपछि आत्महत्या गरे । पोर्न उद्योगमा संलग्नहरुका अनुसार उनले आर्थिक दबावका कारण आत्महत्या गरेका थिए । तर, अहिले परिस्थिति बदलिएको छ । पोर्नस्टार पुरुष हुन् वा महिला आजभोलि कामका लागि संघर्ष गरिरहेका छन् । अहिले अमेरिकामा त कयौ महिला पोर्नस्टार यौनकर्मीका रुपमा समेत काम गर्न पछि परेका छैनन् । किनभने यो निजी कामका लागि उनीहरुले बढी रकम प्राप्त गर्ने गर्दछन् । बीबीसी

No comments: