Sunday, July 11, 2010

ग्ल्यामर्स गर्छु भल्गर गर्दिन

नम्रता सापकोटा, मोडल

स्नातकमा अध्ययनरत नम्रता सापकोटालाई क्यारियरभन्दा पढाइकै बढी चिन्ता छ । गायक रामकृष्ण ढकालाको ‘जन्मेपछि…’ गीतको म्युजिक भिडियोमार्फत दुई वर्षअघि रंगीन दुनियाँमा प्रवेश गरेकी उनले यसबीच आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन । निर्माता,निर्देशक बुवा मेघनाथ सापकोटाकी यी छोरीको लक्ष्य भनेको चलचित्रमा अभिनय गर्नु हो ।

० म्युजिक भिडियोमा कसरी आइयो ?

- दुई वर्षअघि एघार कक्षामा पढदै गरेको बेला गायक रामकृष्ण ढकालको ‘जन्मेपछि…’ गीतमा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । पछि डम्बर नेपालीको मलाइ रुने मन थिएन, रामचन्द्र न्यौपानेको झम्के फुली जस्ता गीतमा पनि मोडलिङ गरें ।



० मोडलिङ गर्ने योजना बनाएर नै आएको हो ?

- खासै सोंच त थिएन तर स्कुले जीवनमा नृत्यमा रुचि भएकाले राम्रो कलाकार हुने इच्छा थियो । फेरि घरका सबै मान्छे मिडिया क्षेत्रमा भएकाले पनि सजिलो भयो ।



० परिवारले सहयोग गर्यो ?

- बुवा मेघनाथ सापकोटाले आठ नौ बर्षअघि ठुलो पर्दाको चलचित्र ‘उनको स+mझना’ निर्माण गरिसक्नु भएको थियो । यसैगरी बक्ररेखा, सम्झौता लगायतका टेलिसिरियल पनि बनाइसक्नु भएको थियो । त्यसको असर पनि पर्‍यो ।

० अहिलेसम्म चलचित्रमा अभिनय गरिएको त देखिएको छैन नि ?

- एक चलचित्रमा अभिनय गरिसकेको छु । चलचित्रको सबै काम जेठमा सकिनछ र भदौमा प्रदर्शन पनि हुन्छ होला तर नाम चाही अहिले नभनि हालौं । पत्रकार सम्मेलन गरेर मात्र नाम घोषणा गर्ने कुरा भएको छ । चलचित्रमा म नायिकाको रुपमा देखिने छु ।

० अन्य चलचित्रहरुमा पनि प्रस्ताव आएको होला नि ?

- दुई, तीन जनाले निर्देशकले चलचित्रका लागि फोन गर्नु भएको छ तर जुन पायो त्यही नगर्ने पक्षमा छु ।

० जुन पायो त्यही भनेको बढी एक्स्पोज गर्ने खालको हो ?

- त्यस्तै त्यस्तै हो । आफुलाई सुहाउने किसिमको हुनुपर्‍यो । समाजलाई नपच्ने खालको एक्सपोज गर्नुको कुनै अर्थ छैन

० ग्ल्यामर्स त हुन सकिन्छ नि ?

- सकिन्छ । साडी र कुर्ता सुरुवाल मात्र लगाउने भन्न खोजेको पनि होइन । सामान्यतय युवती ग्ल्यासर्म हुनुपर्छ तर भल्गर हुनु भएन । एक्सपोजको नाममा जे पायो त्यही चाही गर्न भएन ।

० भनेपछि भल्गर नगर्ने ?

- ग्ल्यामर्स गर्छु, भल्गर गर्दिन ।

० नयाँ नायिका, कडके र छडके आँखा लगाउने त धेरै होलान नि ?

- त्यो आफुमा भर पर्छ । मलाई त्यस्तो साह्रो केही परेन । कति जनाले यस्तो कुरा गर्नुहुन्छ । आफुलाई परेको छैन र झेल्नु परेको छैन । धेरैलाई परेको छ भन्ने सुनेकी छु ।

० नायिकाहरु चारित्रिक मामिलामा अलि कमजोर देखिएका छन् नि ?

- आफु कसरी प्रस्तुत भइन्छ, त्यो अनुसार नै सबै कुरा हुन्छ । पहिले त आफु राम्रो हुनुपर्‍यो । फेरि नेपाली समाज नै त्यस्तै छ । मिस्टेक दुवैको हुन्छ, बदनाम एउटा हुन्छ ।

० पहिलो पटक क्यामरा फेश गर्दाको अनुभव ?

- केही फिल भएन । सानैदेखि विभिन्न कार्यक्रममा भाग लिएको थिएँ । फेरि बुवाको चलचित्रमा मैले बाल कलाकारको भुमिका पनि निर्वाह गरेको छु ।

० नेपाली संगीत र चलचित्रको को स्तर किन माथि पुग्न सकेको छैन ?

- संगीत पहिलेभन्दा धेरै माथि पुगे जस्तो लाग्छ । नेपाली चलचित्रलाई हिन्दी चलचित्रले बढी प्रभावित पारेकाले सोचेअनुसारको बजार लिन नसकेको चाही पक्का हो ।



० प्रेम प्रस्ताव त आउछ होला नि ?

- आउँछन नि किन नआउने । आउने बेला नै यही हो । बुढी भएपछि कसले पो प्रस्ताव गर्ला र ।

० मन परेको फेला परेको छैन ?

- मन परेका साथी छन, तर त्यसरी कसैलाई मन पराइएको छैन । अहिले खाली नै हो ।

० मिस कल कतिको आउछ ?

- आउछ ।

० विहे चाही कस्तो गर्ने ?

- मन पराएर लव म्यारिज नै गर्ने हो ।

० युवतीको लुक्स कस्तो हुनुपर्छ ?

- अनुहार मात्र राम्रो होइन, बोल्ने तरिका राम्रो र अलिकति फेशनवेल पनि हुनुर्छ ।

० चलचित्र कतिको हेरिन्छ ?

- ठिकै । हिन्दी हेरिन्छ । अहिले विस्तारै नेपाली चलचित्र पनि हेर्ने गरेको छु ।

० धेरै पटक हेरेको चलचित्र ?

- एक पटक भन्दा बढी त कुनै चलचित्र हेर्दिन ।

० दर्शकले पनि तपाइ अभिनित चलचित्रलाई यस्तै भने भने नि ?

- हाहाहा, त्यस्तो हुँदैन होला ।

० प्राथमिकतामा अध्ययन पर्छ कि क्यारियर ?

- पढाई सकेपछि क्यारियर त्यसै राम्रो हुन्छ ।

No comments: