Thursday, December 16, 2010

पूर्व प्रेमीको माग

जर्मनीका एक व्यक्तिले आफ्नी पूर्व गर्लफ्रेन्डको छाति उन्नत बनाउन गरेको लगानी अहिले फिर्ता मागेका छन् । कार्सन नामक ती व्यक्तिले सन् २००९ मा आफ्नी पूर्वप्रेमिकाको छातिलाई आकर्ष बनाउन गरेको लगानी अहिले फिर्ता मागेका हुन् । स्थानीय बिल्ड न्यूजपेपरका अनुसार अनास्टासिया नामक ती महिला अहिले प्रहरीसँग सुरक्षाका लागि हारगुहार गरिरहेकी छिन् ।





त्यो बेला उनको छातिलाई आकर्षक बनाउन प्रेमीले ३ हजार ७ सय पाउण्ड खर्च गरेको र र्सजरीबाट उनको छातिलाई आकर्ष बनाइएको उनले स्वीकार गरेकी छिन् ।

ती महिला आफ्ना प्रेमीसँग छातिको आकर्षा पाइसकेपछि कम्तीमा एक वर्षम्म सँगै बस्ने लिखित रुपमा सहमति गरेकी थिइन् । यस्तो सहमति गरिसकेपछि ती पुरुषले अनास्टासियालाई र्सजरीका लागि लाग्ने रकम तिर्न सहमत भएका थिए ।

तर अनास्टासियाको छाति आकर्ष बनाइसकेपछि चाहिँ यी दुवैको सम्बन्ध विच्छेद भएको थियो । अब अहिले प्रेमी कार्सनले आफ्नो लगानी रहेको रकम फिर्ता गर्नका लागि करकर गरिरहेका छन् । २० वर्षो अनास्टासियाले पूर्व प्रेमीले माग गरे बमोजिमको रकम तिर्न नसके पनि २ हजार ५ सय पाउन्ड फिर्ता दिइसकेकी छिन् । तर बाँकीको रकम तिर्न अहिले नसक्दा पर्ूवप्रेमीले हरेक दिन तनाव दिने गरेका छन् ।

अखबारमा यो रिपोर्ट छापिए पनि प्रहरीले यसबारेमा आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।

No comments: