Thursday, January 27, 2011

विश्वकै अग्ली मोडल



विश्वकी सबैभन्दा अग्ली मोडल अमेजन ईव अहिले विभिन्न देशको भ्रमणमा छिन् । ३१ वर्षीय ईव ६ फुट ८ इन्च अग्ली छिन् । उनको नजिक अरु मोडल उभिदा निकै होचा देखिन्छन् ।

गजवको कुरा त यो छ कि एक वर्षअघिसम्म पनि ईवलाई कसैले चिन्दैनथे । एक पत्रिकाले जब उनको तस्विर मुख्य पृष्ठमा छाप्यो सनसनी मच्चियो । ईव रातारात स्टार बनिन् । अमेरिकाको क्यालिफोर्नियाकी ईव हाल व्यस्त मोडलमध्येमा पर्छिन ।

उनी रेसलिङ पनि खेल्छिन् । लिगमा पुरुषसँग एक घण्टा फाइट खेलेको उनले चार सय डलर लिन्छिन् । उनी भन्छिन्-’डच र जर्मन पुर्खाबाट मिलेको गुण नै मेरा अग्लाईको मुख्य कारण हो ।’


पछिल्लो समय ईव जुत्ताको विषयमा भने चिन्तित छन् । उनलाई १४ नम्वरको जुत्ता चाहिन्छ, जुन बजारमा पाइदैन । उनको परिवारका अन्य महिला पनि अग्ला रहेको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।












No comments: