Thursday, September 29, 2011

नग्नपना अपराध होइन

सडकको किनारमा कसैसँग समय बिताउनुले अब सानफ्रान्सिस्कोमा नयाँ अर्थ पाएको छ । क्यास्ट्रो जिल्लाको नजिकै रहेको नग्न घुमन्तेका लागि परिचित क्षेत्रमा शनिबार केही दर्जन पुरुष तथा एक महिलाले नग्न प्रदर्शनमा भाग लिए । उनीहरूले प्लेकार्ड बोकेका थिए र त्यसमा लेखिएका थिए, ‘‘नग्नपना अपराध होइन’’, ‘‘तिम्रो घृणा मेरो शरीरबाट हटाउ’’ ।
सानफ्रान्सिस्कोको यस स्थानमा सामान्यतया सार्वजनिक रुपमा नाङ्गो भएर घुम्न सकिन्छ तर यस नगरमा सुपरीवेक्षकले यस सरलपनामा नियन्त्रण गर्ने प्रस्ताव गरेका छन् । उनले चमेनागृहमा भने लुगा लगाउनै पर्ने प्रस्ताव गरेका छन् । साथै उनले सार्वजनिक स्थलमा बस्दा शरीरको तल्लो भाग ढाकिएकै हुनुपर्ने पनि माग गरेका छन् ।
यस प्रदर्शनका आयोजक मिच हाइटावरले प्रदर्शनको लक्ष्य उक्त प्रस्तावको विरोध गर्न नभइ मानव शरीरलाई उसको कुनै पनि स्वरुपमा स्वीकार गर्नुपर्ने धारणालाई प्रवर्धन गर्नु रहेको जानकारी दिए । उनले आफूले पर्दर्शन गरेको क्षेत्रवरपर मानवशरीरलाई अभद्रपना तथा उग्रताको रुपमा नलिइने पनि उल्लेख गरे । यो कार्यक्रम सुरपीवेक्षकले आफ्नो प्रस्ताव राख्नु अगाडि नै घोषणा गरिएको थियो र त्यो वार्षिक फोलसोम सडक मेलाकै एक भाग हो जसलाई विश्वकै सबैभन्दा नग्न तथा अश्लील प्रदर्शनको रुपमा लिइन्छ । एपी

No comments: