पश्चिमा संस्कृतिको प्रभाव पछिल्लो समयमा नेपाली सिनेमा र मोडलिङ क्षेत्रमा खुलेरै पर्न थालेको छ । एक दशक अघि सम्म पनि विकिनी लगाउनुलाई अश्लिलताको पराकाष्ठ मान्ने नेपाली समाजको अधिकांश हिस्साले पनि त्यस्तो अवस्थालाई स्विकार्दैन तर नेपाली चलचित्र र मोडलिङ क्षेत्र समाजको संकुचन भन्दै अधिकनै उदार देखिन थालेका छन् । जुन दृष्यहरु परिवारमा सँगै बसेर हेर्न नसक्ने अवस्था छ । केवल यूवाहरुकोलागी एक्लै हेरेर मनोरन्जन लिने साधन बनेको छ । गुन्यू चोलीमा चिटिक्क देखिने नेपाली चेलीहरु अहिले आफूलाई भित्री कट्टु र ब्रा उतारेर सर्वाङ रुपमा सुन्दरी देखाउने होडमा छन् ।
No comments:
Post a Comment