Wednesday, November 30, 2011

मोडेलको बुबुभित्र ५ लिटर पानी

अमेरिकी मोडेल शेला हर्सेले विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिलाको किर्तिमान फेरी कायम गरेकी छिन् । प्रत्यारोपणमार्फत स्तन बढाएर यसअघि पनि सोही किर्तिमान राखेकी शेलाले बढाएका स्तनमा संक्रमण भएपछि अघिल्लो वर्ष शल्यक्रिया गरेर हटाइएको थियो । शल्यक्रियापछि झण्डै एक वर्ष सम्म लोग्नेमान्छेको जस्तो छाति बनाएर बस्नुपर्दा उनी यतिधेरै निरास बनिन् की झण्डै आत्महत्या गरिनन् । र अन्ततः फेरी प्रत्यारोपण गरेर आफ्ना स्तनलाई करीब पूरानै आकारमा पुराएकी छिन् । गएको सेप्टेम्बर महिनाको अन्त्यतिर उनले मेक्सिकोमा गएर स्तनमा २५ सय सीसी सलाइन पानी भरिन् । त्यसपछि ब्राजिलमा गएर थप १८ सय सीसी सलाइन पानी स्तनमा भरेपछि उनका स्तनमा अहिले ४३ सय सीसी वा ४ लिटर ३ सय मिलिलिटर पानी भरिएको छ । उनका स्तनको अहिलेको साइज ३८ के के के छ । उनी आफ्ना स्तनलाई पूरानै आकार अर्थात् ३८ एम एम एम मा पूराउन चाहन्छिन् । यसको लागि उनले स्तनमा प्रत्यारोपण मार्फत थप १२ सय सीसी सलाइन पानी भर्नुपर्नेछ । अब आउँदो वर्ष आफ्ना स्तनमा ५५ सय सीसी सलाइन पानी भरेर पूरानै आकारमा ल्याउने शेला बताउँछिन् ।

शेलाले स्तन प्रत्यारोपण गरेकोमा उनका लोग्ने देरेक खुसी छैनन् । श्रीमतलीले ढाँटीढाँटी स्तन बढाएपछि उनी एक हप्तासम्म रिसाएर बसे र डिभोर्स गर्ने धम्की पनि दिए । तर शेलाले घुर्काएपछि देरेक ठिक ठाउँमा आए र श्रीमतीका बडेमाका स्तनप्रति नतमस्तक बन्दै लुट्पुटिन थाले । अहिलेसम्म स्तनको प्रत्यारोपण र जतनमा आफुले ६० हजार पाउण्ड खर्च गरेको शेला बताउँछिन् ।

No comments: