Thursday, February 10, 2011

प्रियंकालाइ ६ करोड जरिवाना

हलिउड, बलिउड या कलिउडका चर्चित नायक नायिकाहरु मध्ये कसैले कर छले वापत् ६ करोड जरिवाना परे भन्दा तपाईसँग प्रश्न उठ्ला ओ हो, सिनेमा, टेलिभिजनमा अनुहार देखाउने चर्चित नायक नायिकाले नै कर छन्लान् त ?




तर बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाको जिवनमा यस्तै भएको छ । उनले आयकर छले बापत ६ करोड भारतीय रुपैयाँ जरिवाना परिन् र त्यो रकम बुझाउने पनि भइन् ।

गत साता आयकर विभागले उनको घरमा छापा मार्दा आयकर नतिरेको नौ ओटा फ्लाट र उनको लकरबाट कैयौँ नगद एवं सुन जफत गरेको थियो । अनि त्यसपछि उनले आयकर विभागले तोकेको रकम बुझाउन मञ्जुर भइन् ।

विभागले सबै सम्पत्ति जफत गरेर कानुनी कारबाही गर्छु भनेपछि प्रियंकाले तोकेअनुसार रकम चाँडै बुझाउछु भनेकी हुन् ।

No comments: