Friday, June 10, 2011

लाइभ शोको सबैभन्दा हट सिन


अहिले एमटीभी मूभी अवार्ड हलिउड नायक जस्टिन टिम्बरलेक र नायिका मिला कुनिसका कारण चर्चामा रहेको छ । अवार्ड समारोहमा एकअर्कालाई अनौठो तरिकाले पक्रिएपछि यी दुई सेलिब्रेटीले फ्यान, दर्शकलगायत अन्य ब्यक्तिहरुको ध्यान आफूतिर खिच्न सफल भएका हुन् ।

समारोहमा जष्टिनले मिलाको दुवै स्तन समातेर अंकमाल गरेका थिए । कैयौले यसलाई अहिलेसम्मकै ‘लाइभ शो’को सबैभन्दा हट सिन भएको दाबी गरेका छन् ।

अन्जान हो या जानीबुझी, आफ्नो हर्कतले अखवारको हेडलाइन्स बनाएपछि जस्टिन र मिला सफाई दिन ब्यस्त छन् । अझैसम्म कहिल्यै पनि डेटिङ नगएको र समारोहमा भेट हुँदा भावनालाई नियन्त्रणमा राख्न नसकेको दुबैले स्विकारेका छन् । साथै उनीहरुले पारस्परिक सम्बन्ध प्ल्याटोनिक अर्थात स्वच्छ, आर्दशवादी रहेको बताएका छन् ।




यस्तो मूर्खतापूर्ण ब्यवहारपछि जस्टिन र मिला अहिले हलिउड उद्योगमा हाँसोको पात्र बनेका छन् ।

No comments: