Thursday, June 9, 2011

‘सेक्स मलाई मनपर्ने खेल हो’

क्यामरोन डीएजले सेक्स साहै मन पर्ने र आफू यसको लागि सधै आतुर हुने खुलासा गरेकी छिन् । उनको यस्तो सनसनीपुर्ण अभिब्यक्तिले लाखौ दर्शक तथा फ्यान तिन छक्क परेका छन् । ‘अंग्रेजी भाषामा सेक्स अति नै सेक्सी शब्द हो । यो शब्द मलाई निकै आकर्षक लाग्छ । तपाईलाई लाग्दैन यो शब्दसँग केहि चिज जोडिएर आउछ ? सेक्स मलाई मन पर्ने खेल हो,’ न्यूज अफ दि वल्र्डले क्यामरोनलाई उधृत गर्दै बताएको छ ।








तपाइलाई के कुराले सेक्स गर्न इच्छुक बनाउछ ? भनी सोधिएको प्रश्नको जवाफ दिदै क्यामरोनले भनिन्, ‘म त सधै सेक्स गर्ने मुडमा हुन्छु ।’ बेसबल स्टार एलेक्स रोडि्रगुएजसँग प्रेम सम्बन्ध तोडेकी ३८ वषिर्य नायिकाले बिहे गर्न कुनै हतारो नभएको र आफ्नै ‘नियम’ ले जीवन अघि बढाउने बताइन् ।
अहिलेको आधुनिक जीवन शैलीसँग अमिल्दो पुरानो संस्कृति, मूल्यमान्यताका आधारमा नै जीवन जीउनु पर्छ भन्ने कुनै आवश्यकता नरहेको बताउदै उनले थपिन्, ‘अधिकांश मानिसहरुले त्यस्तो ब्यक्तिहरुसँग बिहे गरेका छन्, जो रोमान्टिक नै छैनन् ।’ आज बिहे गरेर भोलि नै डिभोर्स गर्नु पर्ने ब्यक्तिसँग आफू बिहे गर्ने पक्षमा नरहेको समेत उनले प्रष्ट पारिन् ।

No comments: