Friday, June 10, 2011

सेक्सटोयज मोफसलमा पनि



'हेल्लो ! मलाई 'सेक्स टोयज चाहियो, कति मूल्यसम्मको छ ?' फोनमा मोलतोल मिलेपछि युवतीहरू एक महिनाअघि पोखरामा खुलेको स्वीट सेक्रेट सपमा आएर कृत्रिम यौनखेलौना लिएर जान्छन्। यस्तै सपिङका क्रममा प्लस टु सकेकी एक छात्रा भेटिइन्। 'केही लाज मानेजस्तो गरी पसलका सञ्चालकसँग प्रयोग विधिका बारेमा जानकारी लिइरहेकी उनले भनिन्, 'यसको प्रयोगले कुनै हानि त पुर्‍याउँदैन।' यौन खेलौना भित्रिएपछि पोखरामा यसको प्रयोग गर्नेहरू उल्लेखनीय वृद्धि भएको सञ्चालक नारायण गिरीले बताए। गिरीले दैनिक सयौंले फोन गरेर पसलमा यौनखेलौना लिन आउने जानकारी दिए। सेक्स टुरिज्मको सम्भावनाको चर्चा चलिरहेका बखत पोखरामा भित्रिएको यौनखेलौनाले त्यसलाई थप बल पनि प्रदान गरे।


भर्खर वैवाहिक जीवनमा बाँधिएका विशन र सुमिना (नाम परिवर्तन) पनि एकसाथ सेक्स टोयज किन्न आएका बेला पसलमै भेटिए। श्रीमान् अमेरिका जाने भएपछि सुमिनाले आफ्नै श्रीमानको लिङ्गको लम्बाइकै कृत्रिम लिंग खरिद गरिेन्। पसलका सञ्चालकसँग भलाकुसारी गर्दै विशनले भने, 'यसले यौन सन्तुष्टि दिनुका साथै विकृतिबाट समेत जोगाउने भयो।'

उनीहरू पनि फोनमार्फत पहिले नै जानकारी लिएर कुत्रिम यौन खेलौना खरिद गर्न आएका थिए। गिरी सम्झन्छन्- 'विवाहको लगत्तै छोराको मृत्यु भएपछि आफ्नी २४ वर्षीया बुहारीका लागि सेक्स टोयज किन्न सासूसमेत पसलमा आएकी थिइन्। उनी यो नै सुरक्षित यौनसम्पर्कको माध्यम भएको कुरा पसलकी महिला कर्मचारीलाई बताउँदै थिइन्।'

यौन खेलौनाको प्रयोगबाट बढ्दै गएको यौन विकृति तथा वेश्यावृत्तिमा कमी आउने दाबी गरिन्छ। यौन खेलौनाहरू पुरुषको हकमा १ हजार ७ सयदेखि २० हजार रुपैयाँसम्म र महिलाको हकमा १ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्ममा पाइने गरेको छ। पुरुषहरूको हकमा भने पूरै आकारको खेलौनासमेत उपलब्ध छ, भने महिलाको हकमा यौनांग मात्र उपलब्ध हुन्छ। पोखरामा यौनखेलौना भित्रिएपछि पहिलो पटक ५ हजार रुपैयाँ खर्च गरेर यौनखेलौना खरिद गरेकी बीबीएसकी एक छात्राले आफ्नो नाम नबताउने सर्तमा भनिन्, 'सेक्सको अनुभव सन्तुष्टिका साथ लिन पाएकी छु।'

काठमाडौंमा एक वर्षअघि भित्रिए पनि भर्खर पोखरा भित्रिएको यौन खेलौना प्रयोग गर्ने तन्नेरीहरू बढ्दै गएका छन्। टिनएजरहरूले घरमा कसैले नदेखून भनेर साना आकारका यौनखेलौना लाने गरेका छन्। विभिन्न आसनमा पाइने २० प्रकारका यौन खेलौना किनेर यौन सन्तुष्टि लिनेहरूले सोझै पसलमा जान अप्ठ्यारो महसुस गरेकाले फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको हो। सिलिकनबाट निर्मित यी यौन खेलौनाले प्राकृतिक यौनसम्पर्कजतिकै आनन्द दिने प्रयोगकर्ताहरूको दाबी छ। एकपटक किनेपछि सधैंका लागि प्रयोग गर्न सकिने र पूर्ण रूपमा यौन सन्तुष्टि मिल्ने भएकाले पनि यसको आकर्षण बढेको छ। एक पटक प्रयोग गरेपछि पुनः त्यसलाई धोएर प्रयोग गर्न सकिन्छ। यौनकर्मी खोज्दै हिँड्ने कतिपय पुरुष पनि अहिले यसैको प्रयोग गर्न थालेका छन्। 'निश्चित रूपमा यसले यौन विकृतिबाट जोगाउँछ,' जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलबहादुर कार्कीे भन्छन्— 'यसले सुरक्षित यौनसम्पर्क गर्न धेरैलाई सहयोग पुर्‍याएको छ।' यौनखेलौना यौनरोग एवं संक्रमणबाट जोगिने राम्रो साधन पनि सिद्ध भएको छ।

कति प्रकारका हुन्छन् सेक्सटोय ?


संसारमा कति नयाँ सेक्सटोय आइसकेका छन् भन्ने कुराले नै मानिसलाई अचम्मित तुल्याउँछ। अहिले कति प्रकारका सेक्सटोय विश्व बजारमा उपलब्ध छन् भन्न सजिलो छैन। जहिले पनि नयाँ सेक्सटोयले बजार तताएको हुन्छ भने नयाँ कृत्रिम लिंगदेखि नयाँ प्रविधियुक्त सेक्सटोय बजारमा आउने क्रम जारी छ।

महिलाका लागि
भाइब्रेटर

सेक्सटोयमा भाइब्रेटर सबैभन्दा लोकप्रिय र सामान्य यौन आनन्दका लागि प्रयोग गरिने सेक्सटोय हो। युवतीहरूको यौनांगको मुख्य भाग (क्लिटोरिस) लाई उत्तेजित गराउने गरी यसको डिजाइन गरिएको हुन्छ। कतिपय महिलालाई यौन सुख प्राप्त गर्न क्लिटोरिसमा कम्पन मुख्य रूपमा आवश्यक हुन्छ। यो भाइब्रेटर कृत्रिम लिंग भने होइन, वास्तवमा भाइब्रेटर साना र चलाउन मिल्ने किसिमका हुन्छन्। भाइब्रेटर कुनै निश्चित आकार-प्रकारका हुँदैनन्। एकैपल्ट दुवै काम गर्न सक्ने अर्थात् भाइब्रेटरसहितको कृत्रिम लिंग पनि विश्व बजारमा उपलब्ध छ।

भाइब्रेटर छान्दा जान्नुपर्ने कुरा

आवाज

स्टेरियोटिपिकल भाइब्रेटर धेरै आवाज निकाल्ने खालको हुन्छ, जसका कारण गोपनियतापूर्वक यसको प्रयोग गर्न कठिन हुन्छ। मुख्यतः रुम पार्टनर र बाबुआमा पनि घरमा सँगै रहने भएकाले समस्या पर्न सक्छ, त्यसैले अहिले भने थोरै आवाज आउने खालका खेलौना निर्माण गरिएका छन्।

आकार

भाइब्रेटर बजारमा विभिन्न आकार र नापका उपलब्ध छन्। ती गोजीमा राख्न मिल्नेदेखि झोलामा बोक्न मिल्नेसम्मका हुन्छन्। साना खालका भाइब्रेटर बोक्न सजिला हुन्छन्। ठूला किसिमका भाइब्रेटरका आफ्नै फरक विशेषता हुन्छन्। कम पैसा भए सस्ता भाइब्रेटर खरिद गर्न सकिन्छ। रकमको समस्या छैन भने प्रविधियुक्त आकर्षक र राम्रा भाइब्रेटर किन्न सकिन्छ।




गति

भाइब्रेटरले विभिन्न गतिमा कम्पन उत्पन गर्छ । पहिलो अनुभव भए भाइब्रेटरको कम्पनलाई कम गतिबाट बढाउँदै लानु उपयुक्त हुन्छ।

फरक विशेषता

कतिपय भाइब्रेटर धेरै महँगो मोडलका रूपमा फरक विशेषतासहितका हुन्छन्, जसको प्रयोगबाट महिलाका भित्री सतहका साथै बाहिरी सतहमा भएका यौनांगको एकैपल्टमा आनन्द उठाउन सजिलो हुन्छ। यदि भाइब्रेटर बोकेर यात्रा गर्ने हो भने यसको ब्याट्री झिक्नुपर्छ, जसले भाइब्रेटरको सुरक्षा हुन्छ। प्लेनको यात्रामा भने सुरक्षित रूपमा राम्रोसँग प्याक गरी झोलामा राख्नुपर्छ।

कृत्रिम लिंग


यसलाई पुरुषको यौन अंगका रूपमा डिजाइन गरिएको हुन्छ, जसको प्रयोग महिलाको यौनांगमा गरिन्छ। वास्तविक पुरुष लिंगझै देखाउन सीधा खालको, सतह र नसाहरू पनि कृत्रिम लिंगझै बनाइएको हुन्छ। यसबाहेक अरू विभिन्न विशेषतासहितका वास्तविकझै लाग्ने कृत्रिम लिंग उपलब्ध हुन्छन्। भाइब्रेटरसहितका कृत्रिम लिंग पनि बजारमा उपलब्ध छ। न्यानोपनका लागि भाइब्रेटरलाई पहिले मनतातो पानी अनि त्यसपछि तेलमा डुबाई प्रयोग गर्नु उपयुक्त हुन्छ, जसले गर्दा यो नरम हुनुका साथै वास्तविकझैं न्यानोपन प्राप्त गर्न सकिन्छ।

क्रिमको प्रयोग

यौनसुखको गुणस्तर र अवस्थालाई सुधार गर्न यौनांगमा यस्ता क्रिम प्रयोग गरिन्छ। पछिल्लो समयमा यस्ता क्रिमको प्रयोगले ख्याति कमाइरहेको छ। यो जेल, क्रिम र मल्हमका रूपमा उपलब्ध छ भने यो सीधै उत्तेजनाका लागि पनि प्रयोग गरिन्छ। छोटो समयका लागि यौन उत्तेजना ल्याउन र सुख्खापन हटाउन यसको प्रयोग हुन्छ। सुरुमा यसको प्रयोग थोरै मात्रामा गर्नुपर्छ । कमसल खालका क्रिम प्रयोग गर्नु हुँदैन, जसले हानि पुर्‍याउन सक्छ।

पुरुषका लागि


महिला सेक्सटोय धेरै रूपमा निर्माण गरिएका छन्। यसबाहेक पुरुषहरूका लागि पनि आफ्ना यौनसाथीहरूबाटझैं यौनसन्तुष्टि पाउने अनुभूतिसहितका सामग्री उपलब्ध छन्। पुरुषले प्रयोग गर्ने सेक्सटोयः

रिङ


यसलाई लिंगको औंठी पनि भनिन्छ। रबरले बनेको यो रिङ जुनसुकै नापको लिंगमा पनि लगाउन मिल्ने खालको हुन्छ। यसले यौनसम्बन्धका दौरान सन्तुष्टि प्रदान गर्न महिलाहरूको यौनांगमा घर्षण उत्पन्न गराउने काम गर्छ। यसबाहेक यस्ता रिङ भाइब्रेटर हुने खालका पनि हुन्छन्। यसको प्रयोग आधा घण्टाभन्दा धेरै गर्नु हुँदैन।

पम्प

यो यस्तो उत्पादन हो, जसको सहयोगले कुनै पनि पुरुषको लिंग लामो समयसम्म उत्तेजित रहने दाबी गरिन्छ। पातलो रबरको लिंग ढाक्ने वस्तु नै पम्प हो, जुन लिंगको माथि राखिन्छ। यो पम्पको विशेषता पुरुषले मुखमैथुन, हस्तमैथुन र यौन उत्तेजनाको अनुभूति समान रूपमा गर्नु हो।

ओरल स्टिमुलेटर


यसले मुखमैथुनकै नक्कलका रूपमा पुरुषको लिंगमा काम गर्छ। यो पुरुषको लिंग माथि राखिएको हुन्छ।

कृत्रिम योनि

कृत्रिम योनि उत्पादनको लोकप्रियता पनि उत्तिकै बढ्दै गएको छ। उच्चकोटीको कृत्रिम योनिले वास्तविकझैं अनुभव दिनुका साथै पोर्नस्टार युवतीहरूकै नक्कल गर्दै यौनसन्तुटि प्रदान गर्छ। महिला सेक्स पार्टनरको अभावका बेला वा उनलाई इच्छा नभएका बेला पुरुषले आफ्नो यौन तिर्खा मेट्न यस्ता कृत्रिम साधन प्रयोग गर्छन्।

No comments: