Sunday, May 29, 2011

युवतीको ह्याण्डब्यागमा सेक्सका सामान



ह्याण्ड ब्याग हातमा हल्लाउँदै ठाँटिएर हिड्नु आजकलका युवतीहरुको फेसन नै बनेको छ । कतै बाहिर जानुपर्‍यो भने उनीहरु आफूसँगै सानो ब्याग बोक्न विर्सदैनन् । युवतीहरुले विशेष महत्व दिने यस्तो ब्यागमा के हुन सक्छ ? तपाईलाई पक्कै लाग्ला कि मेकअपको सामान ! तर मेकअपको साथसाथमा आधुनिक युवतीहरु आफ्नो अति नै गोप्य ब्यागमा सेक्स सामान (टोयज), पेन्टी, पेचकस पनि बोक्छन् भन्ने कुरा थोरैको कल्पनामा मात्र आउला ।
अष्ट्रेलियामा भएको एक सर्वेक्षणले युवतीको ह्याण्ड ब्यागमा साँचो, टिस्यु पेपरको साथमा सेक्स टोयज, पोर्न सीडी, पेन्टी, कुकुरको खाना बिस्कुटलगायतको सामान हुने खुलासा गरेको छ । सर्वेक्षणका अनुसार एक युवतीको औषतमा ७ वटा ब्याग हुन्छन् । अनुसन्धानमा संलग्न १६ प्रतिशत युवतीहरुले ब्याग बोक्दा आफू सुरक्षित भएको अनुभव हुने बताएका थिए ।





सर्वेक्षणका क्रममा अन्य युवतीको ब्यागमा बच्चाको टुटेको दाँत, बुबाको घडी, पत्थर, हृिवस्कीलगायका बस्तुहरु भेटिएको थियो । झण्डै २ हजार महिलाहरुमा गरिएको सर्वेक्षणमा उनीहरुको ह्याण्ड ब्यागमा भेटिएको बस्तुहरु यस्तो थियोः

प्रायः भेटिने चिजहरुः साँचो, कलम, टिस्यु पेपर, औषधी, बिल, सानो ऐना, सनग्यास, चुइगम, ब्यान्डेज आदि ।

भेटिएका असामान्य चिजहरुः स्क्रुड्राइवर वा पेचकस, पोर्न डीभीडी, छोराको दाात, छोरीको पहिलो जोर पुरानो जुत्ता, सेक्स टोयज, कार्ड, एक्स्ट्रा पेन्टी आदि ।

No comments: