Saturday, May 14, 2011

जनावर जोगाउन नाङ्गै




हिन्दी टेलिसिरियल तथा फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेकी कविता राधेश्याम अहिले जनावर संरक्षणको लागि कडा आवाज बनेकी छिन् । बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणमा कविता हदैसम्मको हर्कत गर्न पछि परेकी छैनन् । लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने सन्देस दिन उनले नाङ्गै फोटो सुट गरेकी छिन् । यद्यपी उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको छ । 'मानिसहरुलाई कसरी सन्देस प्रवाह गर्नु पर्छ, यो मलाई राम्ररी थाहा छ,' नाङ्गै तस्वीर किन खिचेको भन्ने पत्रकारको जवाफमा कविताले भनिन्, 'मैले जनावर संरक्षणका लागि यो सब गरेको हु ।' आफूलाई जनावरप्रेमी बताउने कविताले यस किसिमको अभियानले धेरै मानिसहरुलाई जनचेतना ल्याउने बताइन् । 'म धेरै खुसी हुनेछु यदि मेरो कार्यले समाजमा जनावरप्रति थोरै जनचेतना ल्यायो भने पनि ।' एक अर्को प्रसङ्गमा कविताले जनावरलाई पनि मानिसलाई जस्तै यो पृथ्वीमा बाच्ने अधिकार भएको बताइन् । उनको यो जनावर प्रेम र संरक्षण अभियान वास्तवमै प्रसंसनिय छ ।
तर बुझ्नु पर्ने कुरा के छ भने कविता साँच्चै वातावरण र जनावर संरक्षणमा गम्भिर छिन् वा यो मेडिया चर्चा कमाउने दाउँ हो । कविताले नाङ्गै खिचाएकी केहि सनसनीपुर्ण तस्विरहरु । श्रोतः एजेन्सी






No comments: