Wednesday, May 11, 2011

धमिरा खाँदा सेक्समा मजा !

यौन असन्तुष्टि धेरै आधुनिक जोडीको साझा समस्या बनेको छ । के उपाय अपनाउँदा यौन सन्तुष्टी मिल्छ भनेर आजकलका जोडी धेरै पैसा, समय र दिमाग खर्च गरिरहेका छन् । यद्यपी उनीहरु यसबारे खुलेर कुरा गर्न हिचकिचाउँछन् । हरेक रात बेडमा जम्न नसक्दा कैयौं दम्पतीहरुको त डिभोर्स समेत हुने गरेको छ ।

बिलासी जीवन शैली, कामको प्रेसर, ब्यायाममा कमी, खाना ब्यवहारलगायतले यौन इच्छामा कमी आउने चिकित्सकहरुको भनाई छ । जिवजन्तु संरक्षणमा संलग्न अब्दुल रहिम नामका एक मलेसियाली पुरुषले स्त्रीसँग सेक्स सुधार्ने जैविक उपाय पत्ता लगाएका छन् । रानी धमिरा खानाले यौन क्षमतामा उल्लेख्य बृद्वि हुने उनको दाबी छ । सेक्स लाइफलाई वास्तवमै रोमाञ्चक बनाउन सम्बन्ध राख्नुभन्दा कम्तीमा पनि १५ मिनेटअघि रानी धमिरा खानुपर्ने उनले बताए ।



‘म्याराथनमा लगातार दौडिन सफल भएजस्तै यसको प्रभाव हुन्छ,’ विगत सात वर्षदेखि धमिराको सेवन गर्दै आएका ४५ वषिर्य अर्का पुरुषले बताए । धमिरा लिन थालेपछि आफ्नो सेक्स इच्छा निकै बढेको र बेडमा राम्रै जमेको उनले प्रतिक्रिया दिए । धमिराको आकार, रङ्ग आदिका आधारमा एउटाको १ हजार देखि २ हजार अमेरिकी डलर जति पर्ने रहिमले बताए । हालै तीन रानी धमिरा बेचेर झण्डै ३ हजार डलर कमाएको उनको दावी छ ।

के धमिरा खाँदैमा यौन क्षमता बढ्ला त ? सेक्स सुधार्ने यो विधिमा आशङ्का अनि विश्वास नगर्नेहरुको पनि कमी छैन् । धमिरा खाँदा यौन क्षमता बढ्ने कुरा काल्पनिक ‘कथा’ जस्तै भएको बताउँदै एक प्रसिद्व गाइनोकोलोजिस्ट दातुक डा. इसमेल थेम्बीले रहिमको दाबीको खण्डन गरे । ‘यदि कुनै असर हुन्छ भने यो केबल मनोबैज्ञानिक मात्र हो,’ थेम्बीले भने, ‘किनभने धमिरामाथिको विश्वासका कारण खाने ब्यक्तिको मनोवल उच्च हुन्छ । जसले सेक्समा केहि सुधार ल्याउँछ ।’ हाम्रै घरआगनमा सित्तैमा पाइने धमिरा एक पटक खाने पो हो कि ?

अनलाइन खवर

No comments: