Tuesday, May 3, 2011

महिलाले नचाहाने ‘विहानी सेक्स’को विकल्प



सम्भोगको समयबारे महिला र पुरुषवीचको मतभेद पछिल्ला केही अनुसन्धानले पुष्टी गरिसकेका छन् । दिनभरको कामबाट थकित पुरुषहरु सामान्यतया रात्री समयमा सम्भोगका लागि तयार हुदैनन् । रातको सुताई र आरामबाट अधिकांश पुरुष विहानीपख तन्दुरुस्त महसुस गर्छन र त्यहीबेला सम्भोगको चाहना राख्छन् ।



तर, महिलाहरु भने बिहानीपखको सम्भोगलाई रुचाउँदैनन् । उनीहरु सेक्सलाई गोप्य र रात्रीको क्रियाकलापको रुपमा लिन्छन् । महिलालाई भने झिसमिसेमै घरको काम गर्ने चटारो हुन्छ, जसका कारण उनीहरु निद्राबाट मुक्ति पाउनासाथ कामको चटारोमा पर्न थाल्छन, सेक्सको आनन्द लिने उनीहरुको धाउन्न हुँदैन । यही विपरित चाहनाका कारण अधिकांश जोडीको सेक्स जीवन तनावपूर्ण बन्न थालेको छ । तर, पछिल्लो समयमा यी विपरित चाहनाभित्रबाट पनि कसरी अधिकतम सन्तुष्टि लिने भन्ने उपायहरु सुझाउन थालेका बिज्ञहरुले ।
मिर्मिरे बिहानीअघि ओछ्यानमा मस्त निदाइरहेकी कोमल र निर्वस्त्र पार्टनर देखेपछि पुरुषमा यौैन चाहाना उत्कट हुने अनुसन्धानले देखाएको छ । दिनको काममा जानुअघि सम्बन्ध राख्ने चाहना हुने भएकाले विहानी सेक्सलाई मन पराउने पुरुषहरु बताउँछन् । तर बिहानै उठी स्नान गर्ने, चिया-खाजा तयार गर्नेदेखि लिएर खाना तयार गर्ने हतारोले महिलालाई भने त्यसवेला सेक्सको चाहना कम हुन्छ । ‘सेक्स शारीरिक आवश्यकता हो अनि टेन्सनमुक्त अवस्थामै जोडी सम्बन्ध राख्न मनपराउछन्,’ नयाँ दिल्लीका विवाह तथा सम्बन्ध विशेषज्ञ डा. कमल खुरानाले बताए, ‘विहानीपख यौन भावना जागृत हुनु र आफ्नो नजिकै स्त्री भएपछि पुरुष तयार भैहाल्छन् ।’ तर महिलाहरु केहिबेरको स्पर्श र चुम्बनपश्चात मात्र सेक्सका लागि अग्रसर हुने उनले थपे ।

महिलाहरु बिहानी सेक्सबाट टाढै रहन चाहन्छन् भन्ने कुरा दशक पुरानो भएको बताउँछिन् एस्कोर्टस् हार्ट इन्स्टिच्युटकी क्लिनिकल मनोबैज्ञानिक डा. भावना बर्मी । अहिलेको परिप्रेक्ष्यमा दुबै पुरुष र महिला दिनमा काममा ब्यस्त रहने भएकाले उनीहरुको लागि विहानी सेक्स खुसीको पल हुने गरेको उनले बताइन् ।

पार्टनरलाई आफूतिर अझ आकषिर्त गर्न पुरुषले फ्रेस शावर लिई शारीरिक क्रिया गर्नु उचित हुने अन्तराष्ट्रिय बैङ्किङ कम्पनीमा कार्यरत आशिषले -३३) आफ्नो अनुभव साटे । ‘महिलालाई विस्तारै उठ्न मनपर्छ र आखाँ खोल्दा किस र स्पर्शको वषर्ातले उनीहरुमा उमङ्ग ल्याउछ,’ अदिती नामका एक इन्जिनियरले बताए । यदि तपाईको पार्टनरलाई ‘बिहानी सेक्स’ मनपर्दैन ? यदि त्यसो हो भने यसको एउटै उपाय हुनसक्छ, प्रेमपूर्ण अधरपान र स्पर्श ।

No comments: