Friday, May 6, 2011

केटीभन्दा आठ गुना बढी पोर्नोग्राफी हेर्छन केटाहरु

शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला ।



‘दि सन’ ले हालै गरेको एक अध्ययन अनुसार केटाहरु औषतमा २ घण्टा र केटीहरु १५ मिनेट इन्टरनेटमा पोर्नोग्राफी हेर्दछन् । उक्त अध्ययन १८ वर्षदेखि २४ वर्ष उमेर समूहका १ हजार युवापिढीमा गरिएको थियो । अस्लिल तस्वीर वा भिडियो हेर्नाले बैबाहिक जीवनमा समेत कटुता आएका पोर्नो हेर्ने तीन मध्ये एक युवाले स्विकारे । पोर्नो स्टारजस्तै सेक्स गर्न पुरुषले आफ्नो पार्टनरलाई दबाब दिने गरेकाले पनि सम्बन्धमा चिसो आउने बुझिएको छ । त्यस्तै, एक चौथाई युवापिढीले पोर्नो हेेरेपछि सेक्स चाहना घटेको बताएका छन् ।


पोर्नो हेर्दा बढ्छ डर


अस्लिल तस्वीर, भिडियो आदि खुलेआम हेर्ने त कुरै आउदैन । लुकीछिपी अरुको नजर छलेर धेरै युवापिढीहरु पोर्नोको आनन्द लिन्छन् । यसमा उनीहरुको अलिअलि कुरकुरे वैशको पनि दोष छ । आधिबेहरीको अवस्था मानिने प्रोढवस्थामा केटाकेटीले पोर्नोग्राफी हेर्नु कुनै नौलो होइन ।


शारीरिक विकासको क्रममा फक्रदै गरेको जवानीमा सेक्स र यससँग सम्बन्धित विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । त्यसमाथि अहिलेको इन्टरनेटको सुविधा युवापिढीलाई बरदान नै भएको छ । तर पनि अरुले थाहा पाउलान कि भन्ने सन्त्रास र भयले भने उनीहरुलाई आतङ्िकत बनाएको हुन्छ । पोर्नोग्राफी हेर्ने युवायुवतीको संख्या बढेर होला, कैयौं सेलिबि्रटीहरु यो पेशामा लागेको पाइन्छ ।

सनका अनुसार पोर्नो हेर्नाले एक चौथाइ केटाहरुमा डरको आभास हुने गरेको पाइएको छ ।

No comments: