Tuesday, May 10, 2011

स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा




मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो । यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् ।



एउटा ब्रेस्ट ‘बी कप’ र अर्को चाहि ‘डी कप’ भएको ग्रीनले बताइन् । कैयौं पटक फोटोशुटको दौरान सानो स्तनमा सिलिकन हाल्नु परेको उनले स्विकारिन् । ताकि दुबै स्तन उस्तै देखियोस् । यति मात्र कहा हो र, फोटोशपको प्रयोगद्वारा दुबै स्तनलाई दुरुस्तै बनाइएको ग्रीनले खुलासा गरिन् । तर ग्रीनलाई अब यसको कुनै चिन्ता छैन । कारण हो— डाक्टरहरुको सल्लाहबमोजिम सानो स्तनमा इन्जेक्सन लिएपछि उनको दुबै स्तनको साइज एउटै भएको छ ।
सन २००८ मा बन्डरब्रा लिंगरी ब्रागर्लको मोडेलको रुपमा ग्रीन चुनिएकी थिइन् । ब्रागर्ल बन्नुअघि उनी एक पसलमा सहायकको रुपमा कार्यरत थिइन् । पछि पसल मालिक्नीबाट उनी स्पोक्स मोडेल पनि बनिन् । फेसन संसारमा प्रवेश गरेसँगै ग्रीनको जीवन वास्तवमै ग्रीन अर्थात हराभरा बनेको छ ।

No comments: