Tuesday, May 10, 2011

Sex त्यति सस्तो छैन ।


लाम्चो अनि हाँसिलो मुहार । नृत्यमा उस्तै प्रखर । अभिनय पनि त्यत्तिकै राम्रो गर्न सक्ने । नेपाली लचचित्रका कुनै नायिका भन्दा क्षमतामा कमी देखिन्न यी प्रतिभामा । तैपनि उनले चलचित्रमा नायिका बन्ने अबसर पाएकी छैनन् । यी प्रतिभा हुन श्वेता विमली ।




नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको नृत्य प्रतियोगिता 'छमछमी-२'मा उनी झापाबाट छानिएकी छिन् । त्यसैले उनको लक्ष्य हो अबको एक वर्षमा नेपालको उत्कृष्ट नर्तक बनेर छमछमीको 'टाईटल' जित्नु,'सोही कारण म दिनभर नृत्य सिक्नमै ब्यस्त हुन्छु ।' बिमलीले हाँस्दै भनिन् । नृत्यमा स्नातक गर्ने तयारी छिन उनी । नृत्य नै पढ्नुको कारण बारेको जवाफमा यी मोडल भन्छिन्,'भगवानले मलाई नृत्यकै लागि पठाएको जस्तो लाग्छ । त्यसैले नी ।' जुना प्रसाईंको बोक मादल...र भानु ओलीको केही गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन बिमलीले । फोसन सोमा समेत क्याटवाक गरिसकेकी बिमलीको लक्ष्य हो,' नेपालको सफल नायिका र कोरियोग्राफर बन्नु ।' जसका लागि जस्तो सँघर्ष गर्न पनि आफु तयार रहेको जनाउँदै उनले भनिन्,'सँघर्षको नाममा फिल्म खेल्न आफ्नो अस्मिता भने म सुम्पन्न । यौन हैन, प्रतिभाका कारण नायिका बन्नु छ मलाई ।' नेपाली चलचित्रबृत्तमा यौनलाई माध्ययम बनाएर आउनेहरु धेरै भएको भन्ने चर्चा बिमलीले नसुनेकी हैनन्,'जबसम्म निर्माता निर्देशकले सेक्सलाई माध्ययम बनाएर नायिका छान्छन् । तबसम्म नेपाली फिल्मले राम्रो नायिका पाउँदैन ।' सेक्स सम्बन्ध विना सिनेमा नपाएमा आफु अभिनय क्षेत्र नै छोड्न पछि नपर्ने उनले दाबी गरिन् । 'मेरो लागि सेक्स डरलाग्दो चिज हो । श्वेता बिमलीलाई फिल्ममा कामपनि प्रस्ताव आउँदो रहेछ । तर नायिका बनाउने लोभमा सोझौ निर्माण पक्षले यौनको प्रस्तावा राखेकाले आफुले त्यस्ता फिल्म् नखेलेको उनले स्पष्ट पारिन् । विवाह अघिको सहमतीय सेक्सलाई मन नपराउने श्वेता बिमली भन्छिन्,' सेक्स त्यति सस्तो छैन र यही कारण पनि मैले अहिलेसम्म ब्वाईफ्रेन्ड नबनाएकी हुँ । म विवाह पनि प्रेम नभएर पारम्पारिक नै गर्छु ।'








No comments: